अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

वित्तीय संस्थाहरूलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिको आग्रह

बिआरटीनेपाल २०७६ असार २३ गते ९:३२ मा प्रकाशित

राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल राष्ट्र बैंकले जनताद्वारा संकलित निक्षेपलाई उत्पादनशील क्षेत्रमा लगानी गरेर मुलुकको आर्थिक विकास र सुशासनमा थप योगदान पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गर्दै उहाँले वित्तिय संघ, संस्थाहरुलाई मुलुकको आर्थिक वृद्धि गर्न र वित्तिय अनुशासनलाई कायम गर्न नेपाल राष्ट्र बैंकले आवश्यक अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई जनताप्रति उत्तरदायी बनाउने गरी कामलाई अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । मुलुकको आर्थिक विकासका लागि कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा लगानी बढाइएको पनि उहाँको भनाई थियो । राष्ट्रपति भण्डारीले शिलान्यास गरेको सो भवन अगाडि दुई तला र पछाडि चार तलाको हुनेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मेवारी लिएको सो भवनको अनुमानित लागत २ अर्ब ८ करोड रहेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिनुभयो । भवन २०७८ साल भदौ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू