अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, भोली विहान मन्त्रीपरिषद्को आकस्मिक बैठक आव्हान

बिआरटीनेपाल २०७६ असार २३ गते ९:३१ मा प्रकाशित

प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच सोमवार साँझ भेटवार्ता भएको छ । सोमबार साँझ मन्त्रिपरिषदको बैठकमा सहभागी भएर ओली राष्ट्रपति भेट्न सिंहदरबारबाट सिधै शीतलनिवास जानुभएको थियो । ओलीले मुलुकको पछिल्लो अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराउनुभएको बुझिएको छ । पछिल्लो समय सरकारविरुद्ध चौतर्फी आलोचना बढेका बेला प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्नुभएको हो ।

यसैबीच, प्रधानमन्त्री ओलीले भोली विहान नेपाल सरकार मन्त्रीपरिषद्को आकश्मिक बैठक वोलाउनुभएको छ । बैठकमार्फत उहाँले कुनै नयाँ निर्णय गर्ने बताईएको छ ।

राष्ट्रपति संवैधानिक रुपमा प्रधानमन्त्रीको सल्लाहकार हुने व्यवस्था छ । सरकार प्रमुखले नियमित कामका ब्रिफिङका साथै कुनै गम्भीर कदम चाल्नुअघि राष्ट्रपतिसँग परामर्श लिन्छन् । जानकारहरुका अनुसार ओलीले कुनै महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि राष्ट्रपति भण्डारीसँग परामर्श गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू