अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 11:40

पुर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तोडफोड

बिआरटीनेपाल २०७६ असार २२ गते १०:२० मा प्रकाशित

पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरस्थित केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ लगायतले संयुक्त रुपमा दुवै कार्यालयमा आज अपराह्न तोडफोड गरेका हुन् । तोडफोडबाट कार्यालयका कम्प्युटर, ल्यापटप, प्रिन्टर, झ्यालका सिसा, टेबुल, गमला, दराज, कुर्सी, नेम प्लेट समेतमा क्षति पुगेको छ ।

विश्वविद्यालयले गरेको विज्ञापन तथा परीक्षा सम्बन्धी सम्पूर्ण कामहरुलाई तत्काल स्थगन गरी छानबिन गर्न माग गर्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ चैत ५ गते राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले दिएको सुझावलाई बेवास्ता गर्दै असार २० गते शुक्रबार परीक्षा सम्बन्धी कार्यक्रम प्रकाशित गरिएपछि विद्यार्थी आन्दोलित बनेको अनेरास्ववियुका नेता भास्कार खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू