अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

कांग्रेस केन्द्रीय समिति बैठक ढिला गरी बस्यो

बिआरटीनेपाल २०७६ असार २२ गते १०:१७ मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक निर्धारित ढिला गरी सुरु भएको छ । पार्टी एजेन्डाका विषयमा शीर्ष तहमा विवाद भएपछि निर्धारित समयभन्दा करिब पाँच घण्टा ढिलो गरी बैठक बसेको हो । कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बेलुकी ६.४५ बाट सुरु भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माका अनुसार अनुसार बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेन्डा प्रस्तुत गर्नुभएको छ । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले पार्टीको १४ औं महाधिवेशनको मितिबारे पनि केन्द्रीय कार्य समितिमा छलफल हुनुपर्ने एजेन्डा अघि सारेपछि आइतबार अपरान्ह २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक निर्धारित समयमा हुन सकेको थिएन । बैठकमा पार्टीको पहिलो चरणमा सम्पन्न राष्ट्रिय जागरण अभियानको समीक्षा गर्ने, नियमावली मस्यौदा पारित गर्ने, पार्टीको भातृ संगठन र जनसम्पर्क समितिलाई पूर्णता दिने मुख्य एजेन्डा तय गरिएको छ ।

यसअघि केही नेताले पार्टीको आगामी महाधिवेशनको पनि सुनिश्चित हुने गरी छलफल अघि बढाउनुपर्ने एजेन्डा पनि तय गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएपछि बैठक बस्न ढिलाई भएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकाी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू