अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

तरकारीको विषादी नजाँच्ने सरकारी निर्णयको विरोधमा नेविसंघ सडकमा

बिआरटीनेपाल २०७६ असार २२ गते ९:४४ मा प्रकाशित

सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच नगरीकनै आयात गर्ने निर्णय गरेको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले बिरोध प्रदर्शन गरेको छ । नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्ले नेता सुशील भट्टलगायतको अगुवाइमा राजधानीमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमार्गस्थित बाल्मिकी क्याम्पसबाट सुरु भएको विरोध र्याली पुतलीसडकमा पुगेर समापन भएको थियो । नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका युवा नेता सुशील भट्टले सरकारले भारतीय विषालु तरकारी तथा फलफूल बिना जाँच नेपाल आयात गर्न दिएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको आरोप लगाउनुभयो ।

सरकारले असार १९ गते विहिबार मन्त्रीपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको विरोध हुदै आएको छ । यसअघि सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो ।

सो आदेशमा नेपाल आयात गरिने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ । सरकारले भने तत्कालका लागि प्रयोगशाला चुस्त नभएको र कर्मचारी अभाव भएको भन्दै ६ महिनाका लागि परीक्षण नगर्ने निर्णय गरिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू