अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 10:45

सेना-प्रहरीका श्रीमती संघ खारेज गर्न नेकपा सांसद् पम्फा भुसालको माग

बिआरटीनेपाल २०७६ असार २२ गते ९:४३ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले सैनिक श्रीमती संघ खारेज गर्न माग गर्नुभएको छ । आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका भुसालले देश गणतन्त्रमा गइसकेपछि संविधान प्रतिकुल रहेका संघ– संगठनहरु खारेज गर्न माग गर्नुभयो ।

प्रतिनिधिसभाको विषेश समयमा बोल्दै सांसद भुसालले राजतन्त्र रहँदा सामन्ती पितृसत्तावादी सोचका आधारमा स्थापित निकायहरु खारेज गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले प्रधानसेनापतिबाट आफ्नी श्रीमतीलाई महारानी नभन्न दिएको निर्देशनको पनि उहाँले स्मरण गर्नुभयो । अहिले पनि देशमा राजतन्त्रात्मक परिपाटी कायमै रहेको भन्दै भुसालले चिन्ता जनाउनुभयो । परिवार र वंशवादमा आधारित पितृ सत्तावादी सोचका आधारमा खडा भएका निकाय खारेज हुनुपर्ने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू