अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

मिस एन्ड मिसेस् जनजाति आदिवासी सम्पन्न,उपाधि एलिजा र मिनाका हातमा

बिआरटीनेपाल २०७६ असार २२ गते ९:४० मा प्रकाशित

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस एन्ड मिसेस् आदिवासी जनजाति’को पहिलो संस्करणको उपाधि मिस तर्फ एलिजा गुरुङले हात पारेकी छिन, उनले भ्यूवर च्वाईस तथा वेस्ट हेयरको सवटाईटल सहित नगद ५० हजार जितिन । यस्तै, प्रतियोगिताको फस्ट रनरअपको उपाधि एवं मस्ट एक्टिभको सबटाईटल सहित अप्सरा गोलेले नगद २५ हजार तथा सेकेन्ड रनर अप प्रेम कुमारी सुनारी मगरले पब्लिक च्वाईसको सबटाईटल तथा नगद १५ हजार सहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । मिसेस् तर्फकै प्रतियोगितामा मस्ट पपुलर तथा मस्ट कन्फिडेन्टको सवटाईटल विमला श्रेष्ठ, मस्ट टैलेन्टको उपाधि जानकी मगर, वेस्ट वाकको सबटाईटल किष्न गुरुङ,वेस्ट स्किनको सबटाईटल इन्दिरा थापा मगर, मस्ट फ्रेण्डलीमा समिता तामाङ र मस्ट फोटोजेनीक सबटाईटल लक्ष्मी चौधरीले हात पारेका थिए । 

यसै गरी सोही प्रतियोगिताको मिसेस् तर्फको उपाधि मिना मोक्तानले हात पारिन उनले प्रतियोगितामा मस्ट टैलेन्ट तथा मस्ट पपुलरको उपाधि सहित नगद ५० हजार जितिन । भने फस्ट रनर अपमा सुशीला थापा मगरले नगद २५ हजार सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन । सेकेन्ड रनर अपमा मस्ट फ्रेण्डली सहितको चेसाङ्ग लामाले नगद २० हजार तथा थर्ड रनर अप रोजिना गुरुङले मस्ट कन्फिडेन्ट सहित नगद १५ हजार तथा रश्मि गुरुङले फोर्थ रनर अप तथा वेस्ट स्किनको उपाधि सहित नगद १० हजार हात पार्न सफल भए ।
सोही प्रतियोगिताको मिसेस् तर्फको अन्य सबटाईटलहरु अर्गनाईजर तथा पब्लिक च्वाईसमा चिनीमाया गुरुङ,मस्ट एक्टिभमा नितु श्रेष्ठ, वेस्ट वाकमा पूजा गूरुङ्ग, वेस्ट हेयरमा रुवी लामा, मस्ट फोटोजेनीकमा प्रमीला प्रधानले प्राप्त गर्न सफल भएका थिए । 

लोकप्रिय नायक सरोज खनाल प्रमुख निर्णायक रहेको प्रतियोगितामा अन्य निर्णायक मण्डलमा नेपाल आइडल बुद्ध लामा, सञ्चारकर्मी अशोक प्यासी राई, कोरियोग्राफर केशव थापा तथा मिसेस् तामाङ, शान्ति बाइबा तामाङले निणार्यकको भूमिका निर्वाह गरेका थिए ।

पूर्व सभामुख ओनसारी घर्तिमगरको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा लामो समयदेखि आफ्नो क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित एवं अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, समाजसेवी अम्बिका अर्याल तथा गायक एवं नेपालको पहिलो नेपाल आइडल बुद्ध लामालाई सम्मान गरिएको थियो । 

एस के ईन्टरटेनमेन्टले आयोजना गरेको उक्त कार्यक्रममा गीतकार अशोक तामाङको गीति सङ्ग्रह मातृभूमिको प्रमुख अतिथि पूर्व सभामुख ओनसारी घर्तिमगर, विशेष अतिथिहरू पूर्व पर्यटन मन्त्री परशुराम तामाङ,पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिन, पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री यशोदा कुमारी, ४ नं प्रदेशका प्रदेश सांसद मन कुमारी गुरुङ तथा आयोजक संस्थाकी अध्यक्ष एवं नायिका शान्ता तामाङले एक साथ विमोचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ओनसारीले प्रतियोगीताका सहभागीहरूलाई शुभकामना दिँदै यस्ता कार्यक्रमले जनजाति महिलाहरूको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन । कार्यक्रम वारे जानकारी दिँदै अध्यक्ष शान्ताका अनुसार विभिन्न जनजाति ,भेषभुषा एवं संस्कृतिको समागम रहेको हाम्रो देशमा नेपालको जनजातिसँग सम्बन्धित संस्कृति, भेषभुषा, तथा रहनसहन मध्य आदिवासी, जनजातीको कला, संस्कृति,रितिरिवाजलाई सम्बन्धित विवाहित तथा अविवाहित महिलाहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवर्द्धन एवं सामाजिकरण गर्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको बताइन । कार्यक्रममा चर्चित गायक सपना श्रेष्ठ, नृत्यङ्गना रोमा न्यौपाने लगायतको आकर्षक प्रस्तुति रहेको थियो ।

चर्चित कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम सञ्चालन समेत शाक्यले नै गरेका थिए । 

प्रतिक्रिया