अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

मुख्यमन्त्री शेरधन राई अमेरिकामा, प्रवासी नेपालीलाई मुलुकको सम्वृद्धिमा सहकार्य गर्न आव्हान

बिआरटीनेपाल २०७६ असार २१ गते १०:०२ मा प्रकाशित

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरुको मन र भावनालाई समेटेर अघि बढ्ने अठोट गर्नुभएको छ । अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपालको तीब्र विकासका लागि संसारभरका नेपाली एकजुट भएर अघि बढनसमेत आह्वान गर्नुभएको हो ।

नेपालको तीब्र विकासका लागि संसारभरका नेपाली एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले नेपाल राष्ट्रको विकास र नेपाली जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरु एक भएर अगाडि बढ्न आव्हान गर्नुभयो । उहाँले गैरआवासीय नेपालीको लगानीका लागि नेपालमा उपयुक्त समय भएको पनि प्रष्ट पार्नुभयो । देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको भन्दै मुख्यमन्त्री राईले नेपाल राष्ट्र स्पष्ट गन्तव्यसहित समृद्धिको महान यात्रामा प्रवेश गरेको बताउनुभयो ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्की र नेकपाका नेता ठाकुर गैरे, अबैतनिक महाबाणिज्य दुत प्रेमराजा महत, ओएनएफका अमेरिका अध्यक्ष प्रभु थापालगायत बिशिष्ट ब्यक्तिहरु सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया