अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

विश्वकप क्रिकेट– अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो

बिआरटीनेपाल २०७६ असार २१ गते १०:०० मा प्रकाशित

१२ औँ आइसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको छ । आठ खेलबाट १४ अंक जोडेको अष्ट्रेलिया अंकतालिकाको शीर्ष स्थानमा रहेको छ। अष्ट्रेलियाले आठ खेलमध्ये सात खेलमा जित हात पारेको थियो भने एक खेलमा पराजित भएको थियो। उसले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

जारी विश्वकप क्रिकेटमा खराव प्रदर्शन गरेको दक्षिण अफ्रिका आठ खेलबाट पाँच अंकसहित आठौँ स्थानमा रहको छ। आठ खेलमध्ये दुई खेलमा मात्र जित हात पारेको दक्षिण अफ्रिका पाँच खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो। दक्षिण अफ्रिका विश्वकपबाट बाहिरीसकेको छ।

यदि अष्ट्रेलिया आजको खेलमा विजयी भएमा शीर्षस्थानमा कायमै रहनेछ। उसले सेमिफाइनलमा इंग्ल्याण्ड र न्यूजिल्याण्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। यद्यपी कस्को सामना गर्ने छ भन्ने कुरा आजै भइरहेको भारत र श्रीलंकाबीचको खेलको नतिजाबाट निधारर्ण हुनेछ। जारी विश्वकपको अन्तिम चारमा अष्ट्रेलियासहित न्यूजिल्याण्ड, भारत र इंग्ल्याण्ड पुगेका छन्।

प्रतिक्रिया