अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

प्राविधिक तयारी लगत्तै तरकारीको विषादीको चेकजाँच गर्ने प्रधानमन्त्रीको घोषणा

बिआरटीनेपाल २०७६ असार २१ गते ९:५५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तयारीपछि मुलुकमा भित्रिने र मुलुकभित्र उत्पादन हुने तरकारी र फलफूलमा रहेको विषादी परीक्षण गरिने बताउनु भएको छ । भारतबाट आयात हुने तरकारीको विषादी चेकजाँच फिर्ता लिएको भनेर चर्को आलोचना भईरहेका बेला प्रधानमन्त्रीले सो व्यवस्था केही समयका लागि स्थगित गरिएको जानकारी गराउनु भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले भारतबाट आयातित हुने तरकारी र फलफूलमा हालका लागि विषादी परीक्षण रोक्नुको कारणबारे जानकारी गराउनु भएको थियो । उहाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यथेष्ट तयारी बिना नै भारतबाट आयातित हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै अब तयारीका साथ सरकार अगाडि बढ्ने जानकारी दिनुभयो ।

सांसदहरूले बोल्ने क्रममा भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण किन रोकिएको भनेर जवाफ माग्नुभएको थियो। तयारी नभएकाले हालका लागि स्थगित गरिएको प्रधानमन्त्रीज्यूको भनाईलाई उद्धृत गर्दै एक नेताले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू