अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल विजयी

बिआरटीनेपाल २०७६ असार २१ गते ९:५२ मा प्रकाशित

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल विजयी हुनु भएको छ । उहाको समुह अधिकाशं पदमा समेत विजयी भएको छ । सम्पन्न मतदानमा विजयी हुनु भएका कँडेलले ४ हजार १४८ मत ल्याउनु भयो भने अध्यक्षका प्रत्यासी दिनेश पोखेरेलले ३ हजार ७ सय ५७ मत प्राप्त गर्नुभएको थियो । महासचिवमा डाक्टर ज्ञानेन्द्र रेग्मी, सचिवमा उषाकिरण बारिया, कोषाध्यक्षमा अनिल पोखरेलले विजयी हुनु भएको छ । त्यस्तै युवा संयोजकमा इर्शाद अहमद र नारी निकुञ्जमा सन्ध्या शाह चयन हुनु भएको छ ।

त्यस्तै भिक्टोरिया संयोजकमा प्रेम प्रसाद कन्डेलसे बिजय हुनुभएको छ भने उप–संयोजकमा मनीरतन सापकोटा, एनसिसि मेम्बरमा हरि खड्का, शिशिर चन्द्र बस्ताकोटी, हेम दुलाल बिजयी हुनुभएको छ । स्टेट सेक्रेटरीमा नारायण कट्टुवाल, स्टेट जोईन्ट सेक्रेटरीमा नरेश रावल, एससिसि भिक्टोरीया ट्रेजररमा हरि पण्डीत , एससिसि मेम्बरमा माधुरी मास्के, गणेश भण्डारी, प्रेमलाल सापकोटा, तिलक सापकोटा, रस्मी रेग्मी, गणेस कण्डेल, विस्व गौडेल, महेन्द्र साली घिमीरले जित हाँसिल गर्नुभएको छ ।

एसएनएन महिला संयोजकमा काजल किरण सिङ भण्डारी र उप–संयोजकमा राधिका बोगटीले जित हाँसिल गर्नुभएको छ । एसएनएन महिला सदस्यमा अनुस्का काफ्ले, चन्द्रकला कन्डेल भुषाल, मेरीना गुरुङ, निशा गुरुङ, राधा अर्याल खरेलले जित निकाल्नु भएको छ ।

स्टेट युथ फोरममा बवीन मिश्र, युथ डेपुटी कोअडीनेटरमा असिम सुबेदी, स्टेट सदस्यमा सबिना शिलवाल, सन्दिप सापकोटा, अनीष लामिछाने, आनन्द केसी, मेघ गुरुङ बिजय हुनु भयो । नर्दन टेरिटोरी संयोजकमा वासुदेव दुलाल र उप संयोजकमा अशोक बस्नेत विजयी हुनुभएको छ । त्यस्तै वेष्टर्न अष्ट्रेलियाको संयोजकमा कृष्णमान श्रेष्ठ र उपसंयोजकमा माधव ढुंगानाले विजयी हुदा साउथ अष्ट्रेलिया संयोजकमा नविन पन्त र उपसंयोजकमा सन्तोषी गौतम विजयी बन्नुभएको छ ।

क्वीन्सल्याण्डको नेतृत्वमा उमेश खड्का, र उपसंयोजकमा अमित खत्रीले विजयी हुनु भयो । भिक्टोरिया संयोजकमा प्रेम कंडेल र उपसंयोजकमा मणिरतन सापकोटा विजयी हुनुभएको छ । त्यस्तै न्यु साउथ वेल्स संयोजकमा देव गुरुङ बिजयी बन्नु भएको छ । आइसिसी सदस्यमा राजु अधिकारी, छवी प्रसाद सापकोटा र दिपक शर्माले बाजी मार्दा अरुणकुमार ठाकुर, नारायण काफ्ले, अशोक केसी र सन्तोष कुंवर निर्वाचित भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू