अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

अमेरिकामा विभिन्न आश्रयस्थलमा रहेका आप्रवासीहरुमाथि जरिवाना, अमेरिका छोड्न दवाव

बिआरटीनेपाल २०७६ असार २१ गते ९:५१ मा प्रकाशित

अमेरिका छोड्न जारी गरिएको ट्रम्प प्रशासनको आदेशको अवज्ञा गर्दै विभिन्न आश्रयस्थलमा वसिरहेका अवैध आप्रवासीहरुलाई जरिवाना गरिने भएको छ । मूलतः चर्च लगायतका आश्रयस्थलमा बसेकाहरुमाथि प्रशासनले जरिवाना गर्ने भएको हो । कोलोराडोमा रहेका धैरै आप्रवासीहरु यसको मारमा परेको वासिङ्गटन पोष्टले जनाएको छ । अवैध आप्रवासीहरुलाई ईमिगे्रशन र कस्टम ईन्फोर्समेन्टवाट स्वेच्छिकरुपमा अमेरिका नछोडेको आरोपमा नगद जरिवाना तोकिएका पत्रहरु थमाईएको छ ।

यद्यपि , ठुलो संख्यामा आप्रवासीहरु चर्च लगायतका आश्रयस्थलमा बसिरहेका छन् जहाँ आईसीईको नियम र निर्देशन बाध्यकारी हुदैन । अबैध आप्रवासी उपर प्रशासनले गर्ने भनिएको धरपकड राष्ट्रपति ट्रम्पले जुलाई ४ सम्म स्थगित गरेको घोषणा गरेको केही दिनपछि जरिवानाको यो चरण शुरु भएको बताईएको छ ।

कोलोराडो आप्रवासी अधिकार गठवन्धनले ट्रम्प प्रशासनको यो कदमलाई वाक् तथा राजनीतिक स्वतन्त्रता उपरको हमला भनेको छ । उसले आप्रवासीहरुले अमेरिकामा आफ्ना परिवार र समुदायसंग मात्रै रहन चाहेको र आश्रय लिनुको अर्को कुनै उद्धेश्य नरहेको ठहर गरेको छ ।

प्रतिक्रिया