अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

कांग्रेस मिशन र भिजनका साथ अघि बढ्नुपर्ने– बरिष्ठ नेता पौडेल

बिआरटीनेपाल २०७६ असार २१ गते ९:४७ मा प्रकाशित

नेपाली कांग्रेस का वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले शनिवार आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार पनि ब्यक्त गर्नुभयो ।

राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उहाँको भनाइ थियो । नेता पौडेलले ७० वर्षको सङ्घर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको उल्लेख गर्नुभयो । एक फरक प्रसङ्गमा उहाँले नेपाल विद्यार्थी संघ गुटमा लाग्न नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू