अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा, पाकिस्तान बाहिरियो

बिआरटीनेपाल २०७६ असार २० गते १०:०९ मा प्रकाशित

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । अस्ट्रेलिया, भारत, इंग्ल्याण्डसँगै सेमिफाइनलमा न्युजिल्याण्डको स्थान पक्का भएको हो । पाकिस्तानले अन्तिम खेलमा बंगलादेशसँग राम्रो रन रेटका लागि आवश्यक अन्तरको जित निकाल्न नसक्ने भएसँगै न्युजिल्याण्ड सेमिफाइनल पुग्ने पक्का भएको हो । पाकिस्तानले खेल जिते पनि रन रेट न्युजिल्याण्डको भन्दा राम्रो बनाउँदै सेमिफाइनल पुग्न बंगलादेशलाई ७ भन्दा कममा आउट गर्नुपर्ने थियो ।

दुई ओभरको खेल सकिँदा बंगलादेशले आठ रन बनाइसकेको छ । पहिलो ओभर मोहम्मद हाफिजले कुनै रन दिएनन् । दोस्रो ओभरमा मोहम्मद आमिरले भने आठ रन खर्चिए । न्युजिल्याण्डको ९ खेलमा ११ अंक रहेको छ । पाकिस्तानले बंगलादेशलाई हराएमा ९ खेलमा ११ अंक नै हुनेछ । तर नेट रन रेटमा न्युजिल्याण्डको ०.१७५ छ भने पाकिस्तानको –०.७९२ रहेको छ ।

बंगलादेश विरुद्ध पूरा ५० ओभर खेल्दै पाकिस्तानले ९ विकेटको क्षतिमा ३ सय १५ रन बनाएको हो । यसैले खेल जिते पनि पाकिस्तानका लागि न्युजिल्याण्डलाई पछि पार्न आवश्यक रन रेट भने पुग्ने छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू