अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

नेकपाका अध्यक्षद्वयलाइ भट्टराईको जवाफः ‘दिपक मनाङ्गेजस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिष्ट’ पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र ?’

बिआरटीनेपाल २०७६ असार २० गते १०:०७ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डलाइ कडा जवाफ फर्काउनुभएको छ । नेकपाका अध्यक्षद्वयले डा. बाबुराम भट्टराईप्रति लक्षित गर्दै बौद्धिक व्यक्ति नेकपामा मात्र काम लाग्ने बताएपछि उहाँले सामाजिक सञ्जालमा यस्तो जवाफ फर्काउनुभएको हो ।

प्रधानमन्त्री ओलीले शुक्रबार भट्टराई नेतृत्वको पूर्वनयाँशक्ति पार्टीका नेतालाई नेकपा प्रवेश गराउने क्रममा डीग्रीले पार्टी नचल्ने भन्दै व्यंग्य गर्नुभएको थियो । प्रचण्डले भने चित्रबहादुर केसी, मोहन बैद्य, नारायणमान विजुक्छे, डा.भट्टराई लगायतलाइ सम्मानका साथ नेकपामा ल्याउनेबारे सोचिरहेको बताउनुभएको थियो ।

यसको जवाफमा ट्विट गर्दै भट्टराईले लेख्नुभएको छ, ‘कमरेड दिपक मनाङ्गेजस्ता बौद्धिक भएको कमाउनिष्ट पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र ?’ भट्टराईले ट्विटमा मनाङ्गेपछिको बौद्धिक र कमाउनिष्ट शब्दलाई दोहोरो कोड गर्नुभएको छ ।

साथै भट्टराइले पार्टी छाडेर जानेहरूलाइ पनि व्यङ्ग्य गर्नुभएको छ । उहाँले लेख्नुभएको छ ‘यतिवेला जता काफल पाक्यो उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ !डनहरू,व्यापारीहरू,क्रान्तिबाट थाकेकाहरू सत्ताधारी पार्टी पसेर रस चुस्न होडवाजी गर्दैछन् !सपाबाट नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षद्वयसंग अलगअलग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन् ! भलो होस् ! ’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू