अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 11:40

आइफा अवार्ड नेपालमै हुन्छ, रोक्ने कारण छैन – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असार २० गते १०:०१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले २०औँ संस्करणको इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड (आइफा) नेपालमै हुने दावी गर्नुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहनुभएका ओलीले आइफा अवार्ड नेपालमा गर्न वार्ता चलिरहेकाले कसैले अनधिकृत निर्देशन दिँदैमा नरोकिने स्पष्ट पार्नुभयो ।

मन्त्रिपरिषद्ले न्यून लागतमा धेरै प्रतिफल पाउने गरी आइपफा अवार्ड गर्ने निर्णय गरेको तथा त्यसका लागि सरकारले बजेट छुट्याउने कुनैपनि निर्णय नगरेको बताउनुभयो ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिप्रति इंगित गर्दै उहाँले अनधिकृत निर्देशन दिएको ठहर गर्नुभयो । सरकारले अहिले पनि अवार्ड आयोजकसंग वार्ता गरिरहको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राम्रो र अनुकुल अवस्था हेरेर आइफा अवार्ड नेपालमा आयोजना हुने बताउनुभयो ।

प्रतिक्रिया