अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 02:52

प्रा.डा. सूर्यप्रसाद सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधि

बिआरटीनेपाल २०७६ असार २० गते १०:०० मा प्रकाशित

विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.डा. सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिइ) लाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने भएको छ । प्रा. सुवेदीले आफ्नो विधामा उत्कृष्ट योगदान गरे वापत उक्त उपाधि दिने निर्णय विश्वविद्यालयले गरेको हो ।

अक्सफोर्ड अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित विश्वविद्यालय हो । विशिष्ट प्राध्यापकहरुले पनि विरलै प्राप्त गर्ने यस्तो उपाधि पाएसँगै प्रा. सुवेदी बेलायतको विशिष्टतम प्राज्ञिक व्यक्तित्व बन्नुभएको छ ।

यसअघि अन्तर्राष्ट्रिय कानुनको विकासमा उल्लेखनीय योगदान गरे वापत सुवेदीले बेलायती महारानीबाट सन् २००४ मा ’ओबिइ’ र सन् २०१७ मा अर्को ठूलो कानूनी उपाधि ’क्यूसी’ को उपाधि प्राप्त गर्नुभएको थियो । सुवेदी कानुनका ज्ञाता हुनुहुन्छ भने प्रतिष्ठित विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू