अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

अमेरिकाको क्यालिफोर्नियामा दुई दशक यताकै शक्तिशाली भूकम्प

बिआरटीनेपाल २०७६ असार २० गते ९:५७ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको दक्षिण क्षेत्रमा पर्ने लस एन्जल्सबाट उत्तरतर्फ २४० किलोमिटर टाढाको रिड्गेक्रेस्ट शहरलाई केन्द्रविन्दू बनाएर ६.४ म्याग्नेच्यूडको भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ ।

शक्तिशाली भूकम्प जाँदा केही भवनमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ । यो भूकम्पलाई क्यालिफिोर्नियाको पछिल्लो दुई दशकयताकै शक्तिशाली भएको मानिएको छ । भूकम्पपछि उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकहरुले बताएका छन् ।

भूकम्पको केन्द्रबिन्दु रहेको शहरमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । केही मानिस घाइते भएका छन् । भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानिय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । भुकम्पको केन्द्रबिन्दु रहेको शहरमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू