अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६ | Colorodo: 13:01

साउनदेखि सामाजिक सुरक्षा कोष संकलनको काम सुरु हुने

बिआरटीनेपाल २०७६ असार २० गते ९:५५ मा प्रकाशित

सरकारले आगामी सावणदेखि सामाजिक सुरक्षा कोष संकलनको काम सुरु गर्ने जनाएको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले अहिले सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्ने काम भइरहेको र आगामी श्रावणबाट सो कोष संकलनको काम पनि सुरु गर्ने जानकारी दिनुभयो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सामाजिक सुरक्षा कोषमा सूचिकृतहरुको संख्या भने उत्साहजनक नभएको पनि स्पष्ट पार्नुभयो ।

हालसम्म व्यक्तिगत रुपमा ३ हजार ४ सय र संस्थागत रुपमा १५ हजार रोजगार दाताहरुले मात्रै सो कोषमा आफ्नो नाम दर्ता गराएका छन् । कार्यकारी निर्देशक अधिकारीले बुझाउने कुरामा कमी भएका कारण पनि सो कोषमा नाम सूचिकृत गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि हुन नसकेको पनि बताउनुभएको छ । सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनेहरुको संख्या हाललाई उत्साहजनक नरहेपनि त्यसप्रति आकर्षण विस्तारै बढदै जाने कार्यकारी निर्देशक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू