अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

पोखरामा महेन्द्र गुफा र चमेरे गुफाको गुरुयोजना सार्वजनिक

बिआरटीनेपाल २०७६ असार २० गते ९:४८ मा प्रकाशित

नेपालकै प्रसिद्ध महेन्द्रगुफा तथा चमेरे गुफाको वृहत विकास गर्ने उद्धेश्यले निर्माण भएको गुरु योजना सार्वजनिक गरिएको छ । स्थानीय विन्ध्यवासिनी मा.वि. को स्वामित्व तथा संरक्षकत्वमा संचालित दुवै गुफामा थप आकर्षण बढाउन तथा त्यसको व्यवस्थित रुपमा विकास गराउने उद्धेश्यले गुरुयोजना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी दिनुभयो ।

शुक्रबार गुरुयोजना सार्वजनिकीरण तथा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै विद्यालयले विभिन्न योजना समेटिएको गुरुयोजना सार्वजनिक गर्नुका साथै गुरुयोजना कार्यान्वयन स्वरुप प्रारम्भिक रुपमा ५० लाख रुपैयाँ विभिन्न योजनामा खर्च गर्ने घोषणा समेत गरेको छ ।

गुरुयोजनामा पर्यटक आकर्षण बढाउन भौतिक निर्माणदेखि आन्तरिक तथा बाह्य व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । गुरुयोजनामा उल्लेख भएका कार्य सम्पन्न गर्न करिब २२ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको र गुरुयोजना अनुसार नै कार्य थालनी गरिने विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू