अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

शान्ति प्रक्रिया भाँड्न चलखेल– प्रचण्ड

बिआरटीनेपाल २०७६ असार २० गते ९:४५ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा टुंगिएको शान्ति प्रक्रिया भाँड्न अझै प्रतिक्रियावादीहरु लागिरहेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केहीलाई शान्ति प्रक्रिया मन नपरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले १० वर्ष लामो सशस्त्र संघर्षपछि नेपालमा स्थापित शान्तिलाई कोपरेर फेरि हिंसा मच्चाउने कसरत भईरहेको उल्लेख गर्दै सबैखाले प्रतिक्रियावादी षडयन्त्रको पार्टी र सरकारले प्रतिवाद गरेको दावी गर्नुभयो ।

अर्का अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकता टुंगिइसकेको बताउँदै केही काम बाँकी रहेको उल्लेख गर्नुभयो । नेपालका कम्युनिष्ट एकै ठाउँमा उभिने सम्भावनालाई भत्काउन खोज्ने प्रतिक्रियावादीको प्रयास जारी रहेको उहाँको भनाई थियो । अघिल्लो वर्षको चुनावमा साझा उम्मेदवार खडा गरेदेखि नै दुष्प्रचार सुरु गरिएको बताउँदै प्रचण्डले निर्वाचन आएपछि सरकार बनाउन पनि बाधा हालिएको स्मरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू