अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

सरकारका विरोधीहरुले मास्क लगाएर हिंड्न थाले – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असार २० गते ९:४४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नकै लागि भएपनि विरोधीहरुले मास्क लगाएर हिंड्न थालेको तर्क गर्नुभएको छ । काठमाडौंमा मास्क लगाउन नपर्ने भनि दिएको अभिव्यक्तिको आलोचना हुन थालेपछि त्यसको बचाउ गर्दै प्रधानमन्त्रीले यस्तो टिप्पणी गर्नुभएको हो ।

काठमाडौंमा समाजवादी पार्टीका केही नेतालाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उहाँले आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिड्नै नसक्ने अवस्था रहेको तर अहिले त्यसमा सुधार आएको भनेको प्रष्ट पार्नुभयो । तर विरोधीहरुले सरकारको विरोध गर्नकै लागि मास्क लगाउन थालेको तर्क गर्दै ओलीले मास्क लगाउने बानी गर्दा राम्रै हुने र आफ्नो रिसले भए पनि मास्क लगाईदिन अनुरोध गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा सरकारविरुद्ध षड्यन्त्रको तानाबाना बुनिएको भन्दै आलोचकहरुविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आईफा अवार्ड रोक्न यस्तै खेल भएको जिकिर गर्नुभयो । २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउनकै लागि आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको प्रधानमन्त्री ओलकिो टिप्पणी थियो ।

संसदीय समितिको निर्णयप्रति असन्तुष्ट प्रधानमन्त्रीले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनलाई अनधिकृतको संज्ञा दिनुभएको छ । प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा जस्ता लोकप्रिय कार्यक्रमको थालनीले सरकार सफल हुन आँट्यो भनेर अत्तालिएका मानिसहरुले यो हल्ला चलाउन थालेको भन्दै ओलीले सरकारको बचाउ पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू