अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

गायक निल गुरुङको “यो आँखाको नानी” सार्वजनिक(भिडियो सहित)

बिआरटीनेपाल २०७६ असार २० गते ८:३० मा प्रकाशित

काठमाडौँ: अमेरिका निवासी वरिष्ठ गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा गायक निल गुरुङको सुमधुर आवाजमा सजिएको नयाँ गीत “यो आँखाको नानी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सयौँ चर्चित गीतहरूलाई आफ्नो मिठो शब्दमा उतारेर नेपाली गीत सङ्गीतलाई नयाँ उचाइमा पुर्‍याउन सफल गीतकार गुरुङ मोफसलमा बसेर साङ्गीतिक क्षेत्रमा सक्रिय हुने चर्चित नाम हो ।

गायक निल गुरुङको नै सङ्गीत रहेको यसको गीतको भिडियोलाई निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने छायाकार उत्सव दाहालले छायाङ्कन गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा मोडलद्वय अनीश शाह र भूमिका केसी लाई फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया