अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

युद्ध पठाई देऊ

आशा गुरुङ २०७६ असार २० गते ८:२५ मा प्रकाशित

प्यारोडी

मेरो देशमा अर्को यौटा युद्ध पठाइदेऊ ।
विप्लव भए नि हुन्छ
किरण भए नि हुन्छ
आहुति भए नि हुन्छ
साइँला भए नि हुन्छ
मन शुद्ध पठाइदेऊ
मेरो देशमा अर्को एउटा युद्ध पठाइदेऊ ।

नढलेका पर्खालहरू ढाल्न सक्ने ।
शोषक शासक सबैलाई फाल्न सक्ने ।
समानताको नयाँ ज्योति बाल्न सक्ने ।
समाजवादको नयाँ यात्रा थाल्न सक्ने ।
पहाडी भए नि हुन्छ
मधेसी भए नि हुन्छ
चुच्चे भए नि हुन्छ
नेप्टे भए नि हुन्छ
मन शुद्ध पठाइदेऊ
मेरो देशमा अर्को एउटा युद्ध पठाइदेऊ ।

विभेदका सीमाहरू तोड्न सक्ने ।
संसारभरका श्रमिकलाई जोड्न सक्ने ।
समाजका झारपात सबै गोड्न सक्ने ।
मजदुरसँग एउटै सिरक ओढ्न सक्ने ।
युवा भए नि हुन्छ
पाको भए नि हुन्छ
महिला भए नि हुन्छ
पुरुष भए नि हुन्छ
मन शुद्ध पठाइदेऊ
अव भने बन्दुक बोक्ने बुद्ध पठाइदेऊ ।
मेरो देशमा झट्टै एउटा युद्ध पठाइदेऊ ।

प्रतिक्रिया