अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

राहुल गान्धीको ‘ट्वीटर प्रोफाइल’ परिवर्तनः अध्यक्ष हटाएर सदस्य लेखियो

बिआरटीनेपाल २०७६ असार १९ गते १०:०८ मा प्रकाशित

भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गर्नुभएको छ । उहाँले आफ्नो ‘ट्वीटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय काँग्रेस अध्यक्ष’ लेखेकामा अध्यक्ष पदबाट राजिनामा दिएपछि त्यसमा संशोधन गरी बुधबारदेखि भारतीय राष्ट्रिय काँग्रेसको सदस्य लेख्नुभएको हो ।

राहुलको ट्वीटर ‘अकाउन्ट’ मा “यो राहुल गान्धीको आधिकारीक ‘अकाउण्ट’ हो ”, भनी लेखिएको छ । प्रोफाइलमा भारतीय राष्ट्रिय काँग्रेसको सदस्य तथा संसद सदस्य भनेर पनि लेखिएको छ । उहाँले केही दिनमात्र अघि पनि आफू पार्टी अध्यक्ष अब धेरै दिन नरहने बताउनुभएको थियो । राहुलले चाडै नै पार्टीले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा पनि जोड दिंदै आउनुभएको छ । हालै भएको लोकसभा निर्वाचनमा काँग्रेस अधिकांश ठाउँमा पराजय भएपछि उहाँले त्यतिबेलै राजिनामाको घोषणा गर्नुभएको थियो ।

तर उहाँको राजिनामा अझै स्वीकृत भइसकेको भने छैन । कतिपय नेताहरुले उनलाई पार्टी अध्यक्षको जिम्मेबारी नछाड्न आग्रह पनि गर्दै आएका छन् । यता राहुलले भने आफूले राजिनामा दिए लगत्तै आफ्नो ट्वीटर अकाउन्टमा परिवर्तन गरिसक्नुभएको छ । यस कारण पनि राहुल अब पुनः अध्यक्षका रुपमा फर्किने सम्भावना कम रहेको विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू