अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

वेष्ट इन्डिजद्वारा अफगानिस्तानलाई ३१२ रनको लक्ष्य

बिआरटीनेपाल २०७६ असार १९ गते १०:०४ मा प्रकाशित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत वेष्ट इन्डिजले अफगानिस्तानलाई ३१२ रनको फराकिलो लक्ष्य दिएको छ । हेडिङले कार्जिमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रन बनायो । वेस्ट इन्डिजका लागि साई होप, इभन लुइस र निकोलस पुरनले अर्धशतकीय पारी खेले । ९२ बल खेलेका होपले ६ चौका र २ छक्काको सहयोगमा ७७ रन बनाए ।

७८ बल खेलेका लुइसले ६ चौका र २ छक्काको सहयोगमा ५८ रन जोडे । त्यस्तै ४३ बल खेलेका पुरनले ६ चौका र १ छक्काको सहयोगमा ५८ रन बनाए । वेस्ट इन्डिजका लागि शिम्रोन हेट्मायर ३९ रन जोड्दा कप्तान जेसन होल्डर ४५ र कार्लोस ब्राथवेटले १४ रनको योगदान गरे ।

बलिङतर्फ अफगानिस्तानका लागि दवलत जद्रानले दुई विकेट लिए । त्यस्तै सयद शैर्जाद, मोहम्मद नाबी र रशिद खानले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू