अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

अफगानिस्तानमा ओठ सिलाएर बिरोध प्रदर्शन

बिआरटीनेपाल २०७६ असार १९ गते ९:५८ मा प्रकाशित

अफगानिस्तानमा गएको वर्ष भएको चुनावमा धाँधली भएको भन्दै राजधानी काबुलमा केही उम्मेदवार महिलाहरुले ओठ सिलाएर आन्दोलन गरेका छन् । उनीहरुले चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति भवनको छेउमा आफ्नो ओठ सिलाएर बिरोध गरेका हुन् ।

अफगानिस्तानका केही प्रान्तका यी महिला उम्मेदवार गएको वर्षको अक्टुबरमा भएको संसदीय चुनावमा हारेका थिए। उम्मेदवार डीवा नयाजीले मंगलबार र आफ्ना पाँच महिला साथीसहित ओठ सिलाएर प्रर्दशन गरेका हुन् । बेतलब भएका यी महिलाहरु पछिललो तीन महिनादेखि प्रदर्शन गरिरहेका छन्। यस्ता महिलाको आरोप छ कि पछिल्लो वर्ष भएको संसदीय चुनावमा महिला उम्मेदवारसँग धाँधली भएको र उनीहरुको ठाउँमा जो संसदमा पुगेका छन् उनीहरु नातागोता तथा अन्य दवावका कारण चुनावी नतिजा बदलिएको थियो।

धर्नामा बसिरहेका महिलाहरुले विरोधका लागि उनीहरुले धेरै उपायहरु अपनाइसकेको बताएका छन्। उनीहरुले इदको दिन कफन लगाएर विरोध प्रदर्शन समेत गरेका थिए। तर पनि आफ्नो कुरा सराकारले नसुनेको उनीहरुले आरोप लगाएका छन्।

अर्को तर्फ चुनाव आयोग र अफगानिस्तान सरकारले आन्दोलिन महिलाहरुको आरोप खारेज गर्दै चुनाव निष्पक्ष भएको भन्दै उक्त महिलाहरुले आ–आफ्नो क्षेत्रमा चुनाव हारेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू