अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 07:07

नेदरल्यान्डस् महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश

बिआरटीनेपाल २०७६ असार १९ गते ९:५१ मा प्रकाशित

स्विडेनलाई हराउँदै नेदरल्यान्डस् महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।फ्रान्सको लियोंमा गएराती भएको सेमिफाइनलमा नेदरल्याण्ड्सले स्विडेनलाई १–० ले हराएको हो । खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन अतिरिक्त समयको नवौं मिनेटमा ज्याकी ग्रोएनले निर्णायक गोल गरिन् ।

यसअघि निर्धारित ९० मिनेटको समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । जितसँगै नेदरल्याण्ड्सले साविक विजेता अमेरिका विरुद्धको फाइनल भिडन्त तय गरेको छ । नेदरल्याण्ड्स पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू