अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 13:51

कोपा अमेरिका फुटवल– उपाधिमा ह्याट्रिक गर्ने चिलीको सपना अधुरो, पेरु फाइनलमा प्रवेश

बिआरटीनेपाल २०७६ असार १९ गते ९:५० मा प्रकाशित

लगातार तेस्रो पटक दक्षिण अमेरिकी फुटबल च्याम्पियन बन्ने चिलीको सपना अधुरो बनेको छ । जारी कोपा अमेरिका फुटबल अन्तर्गत बिहीबार बिहान भएको सेमिफाइनलमा चिली पेरुसँग ३–० ले पराजित भएको हो ।

यसअघि सन् २०१५ र २०१६ मा भएको कोपा अमेरिकामा चिलीले अर्जेन्टिनालाई पराजित गरेर उपाधि जितेको थियो । तर यसपटक उ सेमिफाइनलमा पेरुसँग पराजित भएको हो । पेरुको जितमा एडिसन फ्लोरेस, योशिमार योतुन र पाओलो गुएरिरोले गोल गरेका थिए ।

पहिलो हाफमा दुई गोल खाएको चिलीले दोस्रो हाफमा थप एक गोल खाएको थियो । पेरुका लागि फ्लोरेसले २१ औँ, योतुनले ३८ औँ तथा गुएरिरोले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् ।

पेरुले उपाधिका लागि अब आयोजक ब्राजिलको सामना गर्ने छ । अर्जेन्टिनालार्ई पराजित गरेर ब्राजिलले फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू