अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०५ | Colorodo: 02:20

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चीनको बेलायतलाई चेतावनी

बिआरटीनेपाल २०७६ असार १९ गते ९:४९ मा प्रकाशित

चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको दिएको छ । हङकङमा जारी प्रदर्शनलाई लिएर बेलायती पक्षले गरेको टिप्पणीप्रति लक्षित गर्दै चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको हो ।

चीनका लागि बेलायती राजदूत लिउ सियामिङले विदेश सचिव जेरिमी हन्ट र अन्य बेलायती अधिकारीहरुले प्रदर्शनकारीहरुको गतिविधिलाई लिएर दिएको अभिव्यक्ति चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको र यसले दुई देशको सम्बन्धमा क्षति पुर्याएको बताउनुभएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले पनि बेलायती विदेश सचिवको अभिव्यक्ति गलत भएको भन्दै आपत्ति जनाएका थिए ।

यसअघि, बेलायती विदेश सचिवले हङकङका प्रदर्शनकारीहरुलाई बहादुरको संज्ञा दिएका थिए । बेलायती प्रधानमन्त्री टेरिजा मेले पनि हङकङमा जारी प्रदर्शनलाई लिएर आफुले चिनियाँ नेताहरुसमक्ष चासो प्रकट गरेको बताउनुभएको थियो ।

सुपुर्दगी विधेयकलाई लिएर हङकङमा एक हप्तादेखि प्रदर्शन भइरहेको छ । गत सोमबार भएको हिंसात्मक प्रदर्शनमा प्रदर्शनकारीहरुले हङकङको विधायकी परिषद्मा प्रवेश गरी तोडफोड गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीहरुले बेलायती औपनिवेशिक कालको झण्डा पनि फहराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू