अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

स्वतन्त्र सांसद दीपक मनाङे नेकपामा प्रवेश, गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई

बिआरटीनेपाल २०७६ असार १९ गते ९:३९ मा प्रकाशित

गण्डकी प्रदेशको मनाङ जिल्ला प्रदेश ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) नेकपामा प्रवेश गर्नुभएको छ । सांसद गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी इन्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीमा स्वागत गर्नुभयो ।

मुख्यमन्त्री गुरुङले सांसद राजीवलाई टिका खादा लगाएर नेकपाको विधान २०७५ र निर्देशीका हस्तान्तरण गरेर पार्टी प्रवेश गराउनु भएको हो । सांसद गुरुङ संगै विप्लव नेतृत्वको नेकपाका पुराना कम्युनिष्ट नेता पुष्प कार्की नेकपा प्रवेश गर्नुभएको छ । माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज कार्कीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नै पार्टी प्रवेश गराउनु भएको थियो ।

आयोजित पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसद राजीव गुरुङ नेकपामा प्रवेश संगै गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई सदस्य रहेको बताउनु भयो । प्रदेश सभाका जम्मा ६० सदस्य मध्ये अब नेकपाका सदस्यहरुको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू