अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

प्रहरी समायोजनको क्रममा तह बढुवा गर्न नसकिने – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७६ असार १९ गते ९:३७ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अझै गृहकार्य आवश्यक रहेको बताउनुभएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैंठकमा उनले ठोस प्रस्ताव तयार पारे पछि छलफल गरेर टुंगोमा पुग्ने बताउनुभयो ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले नेपाल प्रहरीको समायोजनको क्रममा तह बढुवा गर्न नसकिने उल्लेख गर्नुभयो । समायोजन रोज्ने निजामती कर्मचारीहरुको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै प्रहरीमा पनि गर्नुपर्ने माग उठिरहेका बेलो त्यसो गरिए अप्ठेरो पर्न सक्ने उहाको भनाई थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार भइ सकेको भन्दै सैद्धान्तिक विषयमा कुरा मिले समायोजन प्रकृया अगाडि बढाउन सकिने बताउनुभयो । अहिलेदेखि नै प्रदेशको अभ्यास गरिरहेकाले समायोजनको निम्ति कुनै समस्या नपर्ने खनालको भनाई थियो ।

बैठकमा सांसदहरुले भने प्रदेश प्रहरी समायोजन प्रकृया चाडो टुंग्याउनु पर्नेमा जोड दिएका थिए । सांसद जर्नादन शर्माले प्रदेश प्रहरीलाई कमजोर बनाउन नहुने भन्दै संविधान अनुसार प्रदेश प्रहरीलाई अधिकार दिनु पर्ने बताउनुभयो । सांसद दिलेन्द्रप्रसाद बडु, अमरेश कुमार सिंहलगायतले प्रदेश प्रहरी संख्या यकिन गरी अगाडि बढ्नु पर्ने भन्दै धेरै अलमल नगर्न समितिकी सभापति शशि श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू