अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

विप्लव समूहलाई वार्तामा आउन सरकारको आग्रह, वार्तामा नआए क्षति व्यहोर्नुपर्ने चेतावनी

बिआरटीनेपाल २०७६ असार १९ गते ९:३६ मा प्रकाशित

सरकारले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहलाई वार्तामा आउन पुनः आग्रह गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने चेतावनी दिनुभयो । विप्लव समूहले लुटपाटको धन्दा चलाएको र यो क्रमशः संगठित आतंकवादतर्फ उन्मुख रहेको भन्दै सरकारले जंगली राजलाई छुट दिन नसक्ने मन्त्री बाँस्कोटाको चेतावनी थियो ।

बिहीबार संचार तथा सुचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटा विप्लव समूहप्रति आक्रामक रुपमा प्रस्तुत हुनुभएको थियो । विप्लव समूह वार्ताबाट भागेको उल्लेख गर्दै उहाँले उ संग वार्ताका लागि कुनै एजेण्डानै नभएको जिकिर गर्नुभयो । थुनामा रहेका कार्यकर्ता छाड्न दवाव दिने तर हिंसा गरिरहने विप्लव समुहको कार्य कुनैपनि हालतमा स्वीकार्य नभएको बाँस्कोटाको भनाई थियो ।

दुइ तिहाईको सरकार सिमलको भुवा जस्तो नभएको जिकिर गर्दै उहाँले चुनाव लड्ने हुति नभएकाहरुले १२ वटा सिम फेरेर तर्साउँदैमा सरकार नतर्सने प्रष्ट पार्नुभयो । रक्तपिपासु मानसिकता नेपाली समाजले अस्वीकार गरेको भन्दै मन्त्री बास्कोटाले क्रान्तिका नाममा स्कुल बन्द गराएर वितण्डा नमच्चाउन विप्लव समूहलाई चेतावनी दिनुभयो । विप्लव समूहले पछिल्लो समय प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेकोमा समेत आक्रोश पोख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू