अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

इङ्ल्यान्डलाई पराजित गर्दै अमेरिका महिला विश्वकपको फाइनलमा

बिआरटीनेपाल २०७६ असार १८ गते १०:१० मा प्रकाशित

इङ्ल्यान्डलाई पराजित गर्दै साविक विजेता अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ ।फ्रान्सको लियोनमा गएराति भएको खेलमा अमेरिकाले इङ्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

निकै रोमाञ्चक खेलको अन्तिममा इङ्यान्डले पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न बाध्य भयो ।जसका कारण उसले पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने सपना पुरा गर्न सकेन । अमेरिकाका लागि क्रिस्टियन प्रेस र एलेक्स मोर्गनले गोल गरेका थिए ।

इङ्ल्यान्डका लागि एलेन ह्वाइटले एक गोल गरिन् । खेलको ८४ औं मिनेटमा इङ्ल्यान्डले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा उ हार बेहोर्न बाध्य भयो ।अब अमेरिकाले उपाधिका लागि नेदरल्याण्ड्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू