अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२
| Colorodo: 08:37
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गएको आइतबार सर्लाहीमा भएको गोलीकान्डको छानबिन गर्न माग गर्दै बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । उक्त घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजपाले आयोगमा ज्ञापनपत्र बुझाएको हो ।
सो घटनाले आफूहरुलाई स्तब्ध बनाएको भन्दै राजपा अध्यक्षमन्डलका नेता अनीलकुमार झाले छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताउनुभयो । ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष अनुपराज शर्माले सो घटनाको आयोगले पनि छानबिन गरिरहेको भन्दै दोषीमाथि कारबाहीका लागि सिफारिस गर्ने आश्वासन दिनुभएको छ ।
बालुवा निकालेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एकजना स्थानीयको मृत्यु भएको थियो ।