अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 12:28

मध्य असारमा पनि पानी परेन, असार २२ देखि मात्र मनसुन सक्रिय हुने – मौसमविद

बिआरटीनेपाल २०७६ असार १८ गते १०:०४ मा प्रकाशित

मध्य असार कटिसक्दा पनि मुलुकमा अपेक्षाकृत बर्षा हुन सकेको छैन । देशैभर पानी पर्न अझै चार दिन कुर्नुपर्ने भएको छ । हाल मनसूनी न्यूनचापीय रेखा दक्षिणतिर रहेकाले नेपालको सबैतिर पानी पर्न जुलाई ७ कुनुपर्ने मौसमविदले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा मध्यभारतमै रहेकाले मनसुन कमजोर भएको हो ।

१३ दिन अगावै मनसून नेपाल भित्रिएको भनिएपनि नेपालको सबैतिर भने असारको २२ नभई पानी नपर्ने मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेपनि पछिल्ला दिनमा पानी पर्नुको साटो देशैभर ह्वात्तै गर्मी बढेको छ ।

पाकिस्तानदेखि बंगालको खाडीसम्म पूर्वपश्चिम लमतन्न फैलिएको मनसूनी न्यूनचापीय रेखा उत्तरदक्षिण सरिरहने र अहिले त्यो रेखा दक्षिणतिर रहेकाले नेपालमा पानी पर्न अझै केही दिन लाग्ने मौसमविद श्रेष्ठले जानकारी दिनुभयो । दक्षिणी भारततिर पानी बढी पर्नुको कारण पनि त्यही रहेको उहाको भनाई छ ।

कमजोर अवस्थाको मनसुनले हल्का र क्षणिक वर्षा गराएपनि तत्काल भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १० तिरबाट मनसुनी वायु प्रवेश गरी सेप्टेम्बरको अन्त्य वा अक्टोबरको पहिलो हप्तातिर बाहिरिने गर्दछ । नेपालमा साधारणतः जुन १० देखि सेप्टेम्बर २३ सम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू