अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३५ | Colorodo: 21:50

सरकारविरुद्ध ८ राजनीतिक दलद्धारा संयुक्त आन्दोलन घोषणा

बिआरटीनेपाल २०७६ असार १८ गते १०:०३ मा प्रकाशित

केपी ओली नेतृत्वको सरकारले भ्रष्टचार लगायतका समस्या समाधान गर्न नसकेको भन्दै त्यसविरुद्ध पहिलो पटक चार साना दलहरुले संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका छन्। नेपाल कांग्रेस बीबी, नेकपा माले, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी कांग्रेस, राष्ट्रिय लोकतान्त्रिक मञ्च, तेतिस दलीय मोर्चा, जनमोर्चा नेपाल र जनताको प्रजातान्त्रिक पार्टीले बुधबार राजधानीमा एक पत्रकार सम्मेलनमार्फत संयुक्त राष्ट्रिय आन्दोलन घोषणा गरेका हुन्।

उनीहरुले पर्सि अर्थात असार २० गते न्युरोड देखि रत्नपार्कसम्म आन्दोलन स्वरुप जुलुस निकाल्ने कार्यक्रम तय भएको समेत बताएका छन्। सरकारले नेपालको पहिचान, धर्म, संस्कृति र राष्ट्रियता कमजोर पार्ने प्रयास गरेको, भ्रष्टचार नियन्त्रण गर्न नसकेको, संघीयताको मोडल प्रतिकुल बनाएको भन्दै १८ बुँदे माग सहित उनीहरुले आन्दोन सुरु गरेका हुन्। आन्दोलनमा सामेल नेकपा मालेका अध्यक्ष सीपी मैनालीले सरकारले ठूल्ठूला कुरा मात्रै गरेको तर देशको हितमा विकास नगरेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू