अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

सामाजिक सन्जाल र पत्रकारिताका विकृति रोक्न सूचना प्रविधि विधेयक उचित – नेकपा नेता खनाल

बिआरटीनेपाल २०७६ असार १८ गते ९:५६ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले सूचना–प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समर्थन गनुृभएको छ । सूचना–प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको सूचना प्रविधि विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिमा बुधबार भएको छलफलमा नेता खनालले विधेयक समसामयिक परिस्थितिको उपज भएको टिप्पणी गर्नुभयो ।

सामाजिक सन्जाल र मुलुकको पत्रकारिता क्षेत्र कतिपय समयमा गलतरुपले प्रयोग भइरहेको भन्दै नेता खनालले खराब प्रवृत्तिलाई कुनै न कुनै ढंगले नियन्त्रण गर्नैपर्ने जिकिर गर्नुभयो । नेता खनालले अभिव्यक्ति स्वतन्त्रताको परिभाषा स्पस्ट हुनु जरुरी रहेको भन्दै साइबर अपराध नियन्त्रण गर्न विश्वका शक्तिशाली राष्ट्रहरु पनि लागिरहेको स्मरण गराउनुभयो ।

सांसद दुर्गा पौडेलले पत्रकारिताजगत सरकारको एक अंग भएकाले पत्रकारिताजगतलाई असर पर्नेगरी ऐन बन्न नहुने बताउनुभयो । बैठकमा सांसदहरुले एउटै व्यक्तिलाई दुई कानुन लगाउन नहुने, संविधानसँग बाझिने गरी ऐन निर्माण गर्न नहुने र नियमन गर्ने नाममा सामाजिक सन्जाललाई कुन्ठित गर्न नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू