अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

खेलकुद सम्बन्धी संस्था दर्ता गर्ने कानुनी व्यवस्था गर्न बिज्ञहरुको सरकारलाई सुझाव

बिआरटीनेपाल २०७६ असार १८ गते ९:४९ मा प्रकाशित

विज्ञहरुले राष्ट्रिय खेलकुद संघहरुको सिफारिसमा मात्रै प्रदेश र स्थानीय तहमा खेलकुदसम्बन्धी संस्थाहरु दर्ता गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकुद संघहरुको सिफारिसविना नै प्रदेश र स्थानीय तहमा खेलकुद संघ दर्ता गरिए त्यसले ठूलो द्वन्द्व निम्त्याउनेतर्फ पनि सरकारलाई सचेत गराउनुभएको हो ।

बुधबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै पूर्वयुवा तथा खेलकुद मन्त्री पौडेलले विगतमा क्रिकेट संघ र तेक्वान्दो संघहरुबीच भएको द्वन्द्वलाई ध्यानमा राखेर पनि सरकारले खेलकुद संघहरुबीच विवाद नहुने गरी त्यसको दर्ता प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराज श्रेष्ठले प्रदेश र स्थानीय तहले जथाभावी खेलकुद संघहरु दर्ता गरे त्यसले मुलुकमा ठूलो द्वन्द्व निम्त्याउनेतर्फ सरकारलाई सचेत गराउनुभयो । बैठकमा बोल्दै वरिष्ठ अधिवक्ता ओम थपलियाले पनि राष्ट्रिय खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषदबाट सम्बन्धन लिनुपर्ने व्यवस्था अन्तर्रा्ष्ट्रिय रुपमा पनि प्रचलनमा आएकाले नेपालले पनि सोही अनुसार अघि बढन उपयुक्त हुने दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू