अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 13:38

लिबियास्थित शरणार्थी शिविरमा हवाई हमला– ४० जनाको मृत्यु, ८० जना भन्दा बढी घाईते

बिआरटीनेपाल २०७६ असार १८ गते ९:४६ मा प्रकाशित

द्धन्दग्रत मुलुक लिबियाको एक शरणार्थी शिविरमा भएको हवाई हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको छ । सो हमलामा अन्य ८० जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

राजधानी त्रिपोलीको पूर्वी हिस्सामा रहेको शरणार्थी शिविरमा हमला भएको हो । उक्त शिविरमा अधिकांश अफ्रिकी शरणार्थी बस्दै आएका थिए । हमलाको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन । हमला हुँदा उक्त शिविरमा १ सय २० भन्दा बढी शरणार्थी रहेको बताइएको छ ।

सरकारी सुरक्षा निकायले उक्त हमलामा लिबियन नेशनल आर्मी नामक संगठनको संलग्ना रहेको आरोप लगाएको छ । तर, उक्त संगठनका प्रवक्ताले घटनामा आफूहरुको संलग्नता नरहेको बताएको रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू