अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

काठमाडौंको ठमेलमा महानगरीय पर्यटन सूचना केन्द्र स्थापना

बिआरटीनेपाल २०७६ असार १८ गते ९:४३ मा प्रकाशित

काठमाडौंको पर्यटकीय स्थल ठमेल बजारमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ। पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी ईकाईको संयुक्त लगानीमा काठमाडौंको ठमेल बजारमा सो सूचना केन्द्र स्थापना गरिएको हो।

पर्यटकहरुको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सेवा केन्द्र स्थापना गरिएको हो । पर्यटकहरुलाई सूचना दिने गरी हट लाईन सेवा र अनलाईन सेवाको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन सेवालाई यी प्रविधिहरुले सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रविधिको प्रयोगबाट बजारको सुरक्षा गर्न लागि आवश्यक सूचना केन्द्रहरुको स्थापना गर्ने कामलाई प्राथमिकता दिइएको बताउनुभयो । सूचना केन्द्रमा पर्यटकहरुको लागि आवश्यक सूचना लिन निःशुल्क रुपमा ११४४ नम्बरको हटलाईन सेवा लिन सकिने व्यवस्था पनि गरिएको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू