अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

स्थानिय तह कर्मचारी युनियनको भेला सम्पन्न , ‘एउटै कार्यालयभित्र दुईथरी कर्मचारी र व्यवहार’ भएको गुनासो

बिआरटीनेपाल २०७६ असार १८ गते ९:४२ मा प्रकाशित

स्थानीय तह कर्मचारी युनियनको भेला १४ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । यही असार १३ र १४ गते काठमाडौंमा गरिएको प्रथम राष्ट्रिय भेलाको घोषणापत्र तीनओटै तहका सरकारलाई बुझाइने बताइएको छ । भेलापछि बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तह कर्मचारी युनियनका महासचिव रामप्रसाद पौडेलले भेलाले अघि सारेका मागको सुनुवाइ नभए आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

एउटै कार्यालयभित्र दुईथरी कर्मचारी र व्यवहार भइरहेको भन्दै त्यस्तो विभेदको अन्त्य हुनुपर्ने माग घोषणापत्रमा गरिएको छ । स्थानीय तहमा पाँच हजार २०० ज्यालादारी तथा अस्थायी कर्मचारी रहेको भन्दै उनीहरुलाई समायोजन गरी स्थायी गर्नुपर्ने मागसमेत गरिएको छ । बि. सं २०६४ सालअघि नियुक्ति पाएर काम गर्दै आएका अस्थायी कर्मचारीलाई स्थायी गर्न कुनै बाधा नभएको भनेर सर्वोच्च अदालतले फैसला गरिसक्दा पनि अदालतको आदेशसमेत सरकारले कार्यान्वयन नगरेको गुनासो उनीहरुले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू