अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनको तयारी पुरा,प्रदेश १ नं का माननीय मुख्य मन्त्री शेर धन राई प्रमुख अतिथि

विजय थापा २०७६ असार १८ गते ८:४५ मा प्रकाशित

डिसी । बाल्टिमोरमा आगामी जुलाई ५ देखि ७ सम्म हुने नेपाली राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको सम्मेलन सभापति विजय श्रेष्ठले जनाएका छन् ।

सम्मेलनका लागि प्रदेश नं १ का माननीय मुख्य मन्त्री शेरधन राई प्रमुख अतिथि हुनु हुने भएको छ । यसै गरी नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री दीपक गिरि तथा नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरे लगायतको उपस्थिति हुने छ । सम्मेलनमा विभिन्न गोष्ठीको आयोजना हुने छ भने एएनएका ट्रस्टी सभापति प्रा. अम्बिका अधिकारीद्वारा सञ्चालन हुने कार्यक्रममा वहाहरुसंग अन्तरक्रिया कार्यक्रम रहने छ । नेपालको विकासको लागि प्रवासीहरूको भूमिका सम्बन्धी संगोष्ठी लगायतमा विभिन्न वक्ताहरूमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले लगायतको उपस्थिति हुने छ ।

सम्मेलन सभापति श्रेष्ठले सबै कुरा लगभग तयारी भएकोले सबैलाई सहभागी हुन् अनुरोध गरेका छन् । बाल्टिमोरमा निकै चहल पहल सुरु भएको छ भने बानाले आतिथ्य गर्ने छ । सम्मेलन सुरुको दिन राजदूत डा अर्जुन कुमार कार्कीको उपस्थिति हुने छ । यसै गरी डिसी महानगर क्षेत्र तथा बाल्टिमोरका सङ्घ/संस्थाका पदाधिकारीहरूको सहयोग सराहनीय रहेको श्रेष्ठले जनाएका छन् ।

नेपाली राष्ट्रिय सम्मेलन एएनए, आन्मा, अनेसास र बानाले संयुक्त रूपमा आयोजनामा भई रहेको छ । डिसी महानगर क्षेत्रका २८ भन्दा ज्यादा सङ्घ/संस्थासँग समन्वय गरिएको छ । दोस्रो राष्ट्रिय सम्मेलनलाई ऐक्यबद्धता जनाउँदै डिसी क्षेत्रको आन्वा, एनईसिसी, एनपीपीए तथा सान सह आयोजक भएका छन् ।

यसै गरी फ्लोरिडा नेप्लिज एसोसिएसन, ब्लड डोनर्स अफ अमेरिका, एन्टा तथा अमेरिका नेपाल सोसाइटी पनि सह आयोजक रहेको छ । सम्मेलनमा विभिन्न समितिहरू निर्माण गरिएका छन् ।

विशेष सांस्कृतिक कार्यक्रमको लागि साइलीका प्रख्यात गायक हेमन्त राना, चर्चित गायक फिरोज स्याङ्गदेन, यो मन -गीत कि चर्चित गायिका सिने गुरुङ, संजिप प्रधान लगायत थप आकर्षक कलाकारहरूको प्रस्तुतिले बाल्टिमोर तताउने भएका छन् ।

नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महावाणिज्य तथा वरिष्ठ लोक गायक दूत प्रेमराजा महत रहेका छन् भने सम्मेलन सभापति विजय श्रेष्ठ रहेका छन् । जनसम्पर्क अधिकारी तथा प्रवक्तामा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन् । आतिथ्य शाखा बानाका अध्यक्ष सुबोध पन्तले सम्मेलनको सुरु दिन रात्रि भोजको व्यवस्थापन पनि गरिएको बताए । सम्मेलनलाई सफल बनाउन मूल समिति पनि निर्माण गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू