अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

गुरुङ समाज न्यूह्यामसरमा छत्रकुमारी

माधव गुरुङ २०७६ असार १८ गते ८:२२ मा प्रकाशित

न्यूह्यामसर, गुरुङ (तमु) समाज न्यूह्यामसरको हालै सम्पन्न अधिवेशनबाट कानून्विद् छत्रकुमारी गुरुङलाई अध्यक्षमा चयन भएकी छन् । अधिवेशनले आगामी दुई बर्से कार्यकाल (सन् २०१९–२०२१) का लागि छत्रकुमारीसहित ११ सदस्यीय कार्यसमितिलाई सर्बसम्मतीले चयन गरेको हो । नयाँ समितिको उपाध्यक्षमा हितमान गुरुङ, महासचिवमा माधव गुरुङ, सचिवमा विकास गुरुङ, कोषाध्यक्षमा हेम गुरुङ र सह–कोषाध्यक्षमा गोविन्द गुरुङ निर्वाचित भएका छन् । यसै गरी सदस्यहरूमा सागर गुरुङ, दिनेश गुरुङ, किरण गुरुङ, लक्ष्मी गुरुङ र अनु गुरुङ निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिका पदाधिकारीहरूलाई निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सोम गुरुङलगायत सदस्यहरू टोप गुरुङ, मदलशा गुरुङ, रामचन्द्र गुरुङ र जीतबहादुर गुरुङले एक कार्यक्रमबिच पद तथा गोपनीयताको शपथ गराउँदै प्रमाणपत्र हस्तान्तरण गरेका छन् । शपथ ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष छत्रकुमारी गुरुङले गुरुङ (तमु) समाज न्यूह्यामसरलाई आगामी दिनमा थप उचाइ दिने प्रतिबद्धता व्यक्त गरिन् ।

‘परदेशमा रहेर पनि समाजलाई एकीकृत गर्दै भाषा, संस्कृति र परम्परालाई जगेर्ना गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने हाम्रो मूल अभिप्राय हो’ उनले भनिन् ‘निवर्तमान कार्यसमितिले यसलाई मूर्तरूपमा दिएको छ र त्यसलाई हामी थप निरन्तरता दिनेछौँ ।’ नवनिर्वाचित अध्यक्ष गुरुङ नेपालको अन्तरिम संविधानका मस्यौदाकार हुन् भने हालै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचनमा सर्वाधिक बहुमतले निर्वाचित बोर्ड अफ डाइरेक्टर हुन् । नवनिर्वाचित समितिलाई निवर्तमान अध्यक्ष शम्भु गुरुङ बधाई तथा शुभकामना व्यक्त गरे ।

यसैबिच समाजले वार्षिक रूपमा आयोजना गर्दै आएको गृष्मकालीन वनभोज (समर पिकनिक) हालै सम्पन्न भएको छ । न्यूह्यामसर राज्यको वियरब्रुक पार्कमा आयोजित समर पिकनिक कार्यक्रममा विभिन्न खाद्यपरिकारसहित विभिन्न खेलकुदको कार्यक्रमहरू आयोजना गरिएको थियो । यसै गरी सोही वनभोज कार्यक्रममा समाजका सदस्यहरू अनुश्रीया गुरुङ, सागर गुरुङ, प्रतीक गुरुङ, आशिष् गुरुङ, अल्का गुरुङ, निरा गुरुङ र माधव गुरुङ विभिन्न तहको शैक्षिक योग्यता हासिल गरे बापत सम्मान गरिएको थियो ।