अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

कञ्चन अमात्यलाई बेलायतको प्रतिष्ठित डायना पुरस्कार प्राप्त

विजय थापा २०७६ असार १८ गते ८:०० मा प्रकाशित

डिसी, नेपाली चेली कञ्चन अमात्यलाई बेलायतको प्रसिद्ध डायना मेमोरिएल पुरस्कार प्राप्त भएको छ । उनलाई उक्त पुरस्कार वेल्स कि राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो । डायना मेमोरिएल अवार्ड नामक प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने नेपालकी छोरी कञ्चन अमात्य पहिलो नेपाली भएकी छिन । उनले सामाजिक कार्य तथा मानवीय कार्यमा उल्लेख्य योगदान गरे बापत उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

सन् १९९७ मा वेल्स कि राजकुमारी डायनाको मृत्यु भए पछि उनको सम्झनामा उक्त पुरस्कार स्थापित गरिएको थियो । यो उच्चतम पुरस्कार युवा नेपाली युवतीलाई उनको सामाजिक कार्य र मानवीय प्रयासमा उनले गरेको भूमिकालाई प्रदान गरिएको छ । यो प्रतिष्ठित पुरस्कारलाई बेलायती शाही परिवार, राजकुमार विलियम तथा राजकुमार ह्यारीको समर्थन र साथ रहेको छ ।

उक्त पुरस्कार स्व राजकुमारी डायनाको ५८ औ जन्मदिनमा प्रदान गरिएको छ । यस वर्ष उक्त डायना अवार्ड ( पुरस्कार )ले २० औ वार्षिकोत्सव मनाउने छ । डायना अवार्ड २०१९ मा कञ्चनको प्रवेश सँगै उनले आफ्नो सम्मानको भूमिकामा ‘आफू तीव्र गरिबी विरुद्ध कार्यकर्ता,मानव अधिकारवादी पक्षपोषक ,र सामाजिक उद्यमी ‘हु भनेर व्याख्या गरेकी छिन । उनले उक्त पुरस्कारलाई स्वीकार गर्दै नयाँ पुस्ताका नेपाली युवाहरूलाई प्रोत्साहन र परिचालन गर्न प्रतिबद्ध छु र विश्वमा यस्तो समुदाय निर्माण गर्न चाहन्छु जहाँ कसैले पनि शिक्षा र भोक बाट एकै दिन पनि वञ्चित हुन् नपरोस भन्ने सन्देश दिएकी छिन ।

नेपाल ललितपुर जावलाखेल घर भई हाल अमेरिकाको न्यु योर्क बस्दै आएकी कञ्चन अमात्य पिता जगदीश मान अमात्य तथा माता कृष्ण अमात्यकी कान्छी सुपुत्री हुन् । अमात्य विश्वकै सर्बाधिक धनीहरूको सूची निकाल्ने फोर्ब्सको ‘फोर्ब्स ३० वर्ष मुनिका ३०’ २०१८ सूचीमा पर्न सफल भएकी थिइन् । उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० वर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रूपमा छनोट गरेको थियो । अमात्य महिलाको आर्थिक सशक्तीकरण सम्बन्धी युएन महिला विश्व च्यामपियन(विजेता)मा सेवारत छिन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावरमेन्ट, संयुक्त राष्ट्र सङ्घ महिला सशक्तीकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी(डब्लुपीपीसी)सद्भावना दूत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार,नेपाल, शान्ति एजेन्ट, विशिष्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

यसै गरी उनले अमेरिकी काँग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद् प्रतिनिधिसभा तथा अमेरिकन काँग्रेसमा समेत जिम्मेवारी पाइसकेकी छन् ।

 

तस्बिर कृतज्ञता : दि डायना अवार्ड

प्रतिक्रिया