अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

इलिनोइमा हेल्पडेस्क पदाधिकारीलाई प्रमाण-पत्र वितरण

बिआरटीनेपाल २०७६ असार १७ गते १७:४८ मा प्रकाशित

सिकागो, एन आर एन एन सी सी अमेरिकाको हेल्प डेस्क समितिले संस्थाको इलिनोइ राज्य च्याप्टरको हेल्प डेस्क समितिका पदाधिकारीलाई औपचारिक प्रमाणपत्र प्रदान गरेको छ । एन आर एन हेल्पडेस्क इलिनोइ च्याप्टरका २०१७-२०१९ समितिलाई सो प्रमाण पत्र प्रदान गरिएको हो ।

इलिनोइको स्थानीय संस्था सिकागो नेपाली फ्रेन्डसिप सोसाइटी (सीएनएफएस) ले प्रमाण-पत्र वितरणकोलागी कार्यालयको स्थान उपलब्ध गराएको थियो । एन आर एन हेल्प डेस्क इलिनोइ च्याप्टरका संयोजक बाबुराम सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा हेल्पडेस्क केन्द्रीय समितिका सदस्य सुमन बस्ती प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो ।

सो अवसरमा कार्यक्रमका अतिथि सी एन एफ एस का अध्यक्ष टेक राज पौडेलले हेल्प डेस्कलाई आगामी दिनमा अझ प्रभावकारी बनाउन अपनाउनु पर्ने नीतिका बारेमा सुझाव दिँदै सदा झैँ आगामी दिनमा आफ्नो र संस्थाको तर्फबाट समर्थन र सहयोग रहने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा सी एन एफ एस का पूर्व उपाध्यक्ष तथा समाजसेवी जितेन्द्र रानाले हेल्प डेस्कका बारेमा आफ्ना जिज्ञासा राख्दै आगामी दिनमा हेल्प डेस्कलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा अतिथिहरू सिकागो थारु सोसाइटीका अध्यक्ष इन्द्रकान्त चौधरी, सी एन एफ यसका सचिव मीन दर्लामीले हेल्प डेस्कलाई आ-आफ्नो स्थानबाट सधैँ सहयोग गर्ने बचन बद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूबाट हेल्प डेस्क इलिनोइ च्याप्टरका पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष बाबुराम सापकोटाले आफ्नो कार्यकाल एउटा स्थापनाको कार्यकाल भएकोले यो समिति निर्माण गर्न सहयोग गर्नु हुने सबै सामाजिक अगुवाहरू,सामाजिक संस्था र संस्थाका प्रतिनिधिहरू लगायत सम्बन्धित सबैमा आभार व्यक्त गर्दै कार्यक्रममा आएका सुझाव र सल्लाहहरूलाई आफूले मार्गदर्शनका रूपमा लिएको कुरा व्यक्त गर्दै कार्यक्रममा सहभागी सबै अतिथि र समितिका सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन हेल्पडेस्क इलिनोइ च्याप्टरका सदस्य मधु सागर पौडेलले गर्नु भएको थियो ।

सो कार्यक्रममा प्रमाण-पत्र पाउनेहरूमा को-अर्डिनेटर बाबुराम सापकोटा तथा सदस्यहरू विदुर प्रसाद अधिकारी, टुक राज पाठक, निता कार्की, सुमन श्रेष्ठ, अम्बिर थापा र मधु सागर पौडेल हुनुहुन्थ्यो भने समितिका सदस्यहरू विश्व राई र सागर पाण्डे राज्य बाहिर हुनु भएको हुनाले वहाहरु उपस्थित हुन् सक्नु भएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू