अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

संखुवासभामा नेकपा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

बिआरटीनेपाल २०७६ असार १६ गते १०:१९ मा प्रकाशित

प्रहरी र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच संखुवासभामा दोहोरो गोली हानाहान भएको छ । प्रहरीले जिल्लाको हुइँला भन्ने ठाउँमा विप्लव कार्यकर्ताले गस्तीमा गएको प्रहरीलाई देख्ने बित्तिकै गोली चलाएको र त्यस क्रममा प्रतिकार गरिएको दाबी गरेको छ । दोहोरो गोली हानाहान भए पनि दुवैतर्फ कुनै मानवीय क्षति भने नभएको प्रदेश १ का प्रहरी प्रमुख डिआईजी ठाकुर ज्ञवालीले जानकारी दिनुभयो ।

गोली हानाहान पछि विप्लव समूह फायर गर्दै जंगलतिर भागेको र प्रहरीले जवाफी फायरिङ गरेको सुरक्षा श्रोतले जनाएको छ ।

यसैवीच, नेकपा विप्लवले संखुवासभामा आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको बताएको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्नुका साथै दमन बन्द नगरे प्रतिरोधमा उत्रिने चेतावनी दिनुभएको छ ।

बिज्ञप्तिमा राजनीतिक कार्यक्रममा हिँडेका नेता–कार्यकर्तालाई दमन, गोली प्रहार र समातेर हत्या गर्ने क्रम नरोकिए प्रतिरोध थाल्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू