अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

फेसबुक च्याटको विषयलाई लिएर पोखरामा दुई किशोरबीच खुकुरी हानाहान्

बिआरटीनेपाल २०७६ असार १६ गते १०:०७ मा प्रकाशित

पोखराको बगरमा फेसबुक च्याटको बिषयलाई लिएर खुकुरी हानाहन भएको छ । बगरस्थित नयाँगल्लीमा सोमबार आज दिउँसो करिब साढे १ बजे खुकुरी हानाहन भएको थियो । फेसबुक च्याटको विषयलाई लिएर १५ र १६ वर्षे बालकहरुबिच खुकुरी हानाहान भएको हो । केटी साथीबिच भएको च्याटको विषयलाई लिएर खुकुरी आक्रमण भएको श्रोतले बताएको छ ।

कास्कीकोट घर भई बागलुङ बसपार्क बस्ने १६ वर्षका विपिन सुवेदी, १६कै दिपेश सेन्चूरी, १७ का निकेश पुन, भुवन मगर र लोप्चन राईले अर्को समूहलाई खुकुरीले आक्रमण गरेका थिए ।

अर्को समूहमा बगर बस्ने १६ वर्षीय विजय लामा, सोही स्थान बस्ने १५ वर्षीय विकास तामाङ,अधेरीकुना बस्ने १७ का राजन शर्मा र मिरुवाका १७ वर्षीय मिन भण्डारी छन् । आक्रमणमा लोप्चनको औँला काटिएको छ भने विजयको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू