अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असार १६ गते ९:५९ मा प्रकाशित

अमेरिकाको टेक्सासमा एउटा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । एडिसन विमानस्थलबाट फ्लोरिडाका लागि उडेको केही समयपछि नै डबल इन्जिनसहितको किङ्ग एयरको विमान दुर्घटना भएको हो ।

विमानस्थलकै ह्यांगरमा ठोक्किएर विमान दुर्घटना भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । ह्यांगरमा रोकिएपछि विमानमा आगलागी भएको थियो ।

विमान दुर्घटनामा परे लगत्तै आपतकालीन उद्धारकर्मी घटनास्थलमा पुगे पनि कसैलाई बचाउन नसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू