अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

विश्वकप क्रिकेटमा भारतको पहिलो हार, आयोजक इङ्ल्याण्ड ३१ रनले विजयी

बिआरटीनेपाल २०७६ असार १६ गते ९:५६ मा प्रकाशित

इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार बेहोरेको छ ।गएराति बर्मिङ्घममा भएको खेलमा भारतलाई आयोजक इङ्ल्याण्डले ३१ रनले हराएको हो । इङ्ल्याण्डले सन् १९९२ पछि भारतलाई विश्वकप क्रिकेटमा पराजित गरेको यो पहिलो पटक हो ।

खेलमा इङ्ल्याण्डले दिएको ३ सय ३८ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ६ रन मात्रै बनाउन सक्यो । भारतका रोहित शर्माले १ सय २ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । भारतलाई लक्ष्यभन्दा सस्तैमा रोक्न इङ्ल्याण्डका लियाम प्लङ्किटले ३ तथा क्रिस वोक्सले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३७ रन बनाएको थियो ।घरेलु टोलीका लागि जोनी बेयर्सटोले १ सय ११ रन बनाए । भारतका मोहमद शामीले ५ विकेट लिए ।भारतलाई हराएसँगै इङ्ल्याण्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।८ खेलबाट १० अंक जोडेको इङ्ल्याण्ड तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पाकिस्तान पाँचौ स्थानमा झरेको छ । ७ खेलबाट ११ अंक जोडेको भारत समूहको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया